आशा राणा अधिकारी सनराइज बैंकको कामु सीइओमा बढुवा

  २०७६ असार ५ गते १८:३३     विकासन्युज

काठमाडौं । आशा राणा अधिकारी सनराइज बैंक लिमिटेडको कामु सीईओमा बढुवा भएकी छिन् । बैंकको गत जेठ २२ गतेको बैठकले अधिकारीलाई कामु सीईओमा बढुवा गर्ने निर्णय  गरेको हो ।

साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालेकि छिन् । विगत ३१ वर्षदेखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी अधिकारी सनराइज बैंकमा, बैंकको स्थापना कालदेखि नै कार्यरत थिइन् ।

सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.