नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलबीच वित्तीय शिक्षा सम्बन्धी सम्झौता

  २०७६ असार ५ गते १८:१६     विकासन्युज

नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) र “अफ्लाटोन इन्टरनेशनल” बीच १९ जुन २०१९ मा दक्षिण अफ्रिका, जोहानेस्वर्गमा आयोजित एक समारोहका बीच सम्झौता भएको छ । नेशनल बैंकिङ इन्स्च्युट (एनबीआई) का प्रमुख कार्यकारी अधिकृत सन्जीब सुब्बा र अफ्लाटोन इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत रोयल्याण्ड मोनाशले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । “अफ्लाटोन इन्टरनेशनल” नेदरल्याण्डमा आधारित एक गैरसरकारी संस्था हो ।
नेशनल बैंकिङ इन्स्च्युट र अफ्लाटोन इन्टरनेशनलको साझेदारी तथा विभिन्न सम्बद्ध पक्षहरुको सहभागीता मार्फत युवा तथा बालबालिकाका लागि सामाजिक तथा वित्तीय शिक्षाको व्यवस्था गर्नका लागि योजना निर्माण गर्नु, बहस पैरवी गर्नु र सामाजिक तथा वित्तीय शिक्षाको विकास गर्नु यस सम्झौताको मुख्य उद्धेश्य रहेको छ ।
नेदरल्याण्ड आधारित अफ्लाटोन ईन्टरनेशनल सन् १९९१ मा मुम्बई, इन्डियामा स्थापना भए यता निरन्तर रुपमा वित्तीय साक्षरता सम्बन्धि पाठयक्रम विकासको क्षेत्रमा विश्वव्यापी रुपमा नेतृत्व गर्न सफल संस्था हो । विभिन्न ३५ मुलुकका सरकार एवं २ सय ७५ वटा साझेदारहरु सहितको मजबुत सञ्जालमार्फत यो संस्थाले वार्षिक १ सयभन्दा बढी राष्ट्रका ८६ लाख भन्दा बढी युवा तथा बालबालिकाहरुमा पहुँच पुर्याई उनीहरुलाई सामाजिक शिक्षा तथा वित्तीय साक्षरतामा शिक्षित बनाउँदै आईरहेको छ । सीवाईएफआईले युवाहरुमा वित्तीय पहुँच विकास गर्न एवं युवा तथा बालबालिकाहरुलाई वित्तीय साक्षरता तथा वित्तीय पहुँच सबन्धी सचेतना जगाउन १ सय ७० भन्दा बढी मुलुकका सरकार, बैंक तथा गैर सरकारी संस्थाहरु एवं हजारौं साझेदार संस्थाहरुसंगको सहकार्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.