सफा शान्त महानगरको तयारी तीव्र गराउनेमा जोड, ४७ परियोजना निर्माण

  २०७६ असार ५ गते १५:४३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाको पाचौं अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ कार्ययोजना प्रस्तुत भएको छ । राष्ट्रिय सभा गृहका भएको उक्त नगर सभामा बोल्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले आगामी वर्षको कार्य योजनामा ठूला कार्यलाई ३ करोड, मझौला कार्ययोजनालाई २ करोड र साना कार्ययोजना निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरिएको छ ।

करिब २५ योजना कार्यन्वयन भईरहेको र ४७ परियोजना निर्माण गरेको बताए । नगरवासीको सेवा सुविधालाई मध्यनजर गरि स्वास्थ्य, रोजगार, एवंम सवृद्ध नेपाल निर्माणका लागि प्रत्येक क्षण तत्पर रहेको प्रमुख शाक्यले जानकारी दिए ।

यस्ता छन् काठमाडौं महानगरपालिकाको कार्ययोजना
महानगरमा रहेका धार्मिक तथा पुरातात्विक विशेषता बोकेका सम्पदाको खोजि तथा निर्माण गर्नुका साथै नेपाली मौलिकता झल्कने कलात्मक घरहरुलाई थप गर्न कार्यविधि बनाउने भएको छ । महानगरपालिका भित्र रहेको दुई वा दुई भन्दा बढी जग्गा धनीको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्नका लागि नक्सा पेश गरेमा दस्तुरमा छुट दिने व्यवस्था ल्याएको छ ।

सफा सुन्दर तथा शान्त नगर निर्माण गर्न महानगर र प्रहरीको सहकार्यमा टोलथ्रि नम्वर सबै तिर लागु गर्ने तथा चोक चोकमा सिसी टिभि क्यामेरा जडान गर्नेछ । सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्ने साथै वरिष्ठ जेष्ठ नागरिकलाई सरकारले प्रदान गर्ने भत्तामा वार्षिक ५ हजार रुपैयाँ थप गरि विशेष भत्ता प्रदान गर्ने छ ।
महानगरका सडक निर्माण तथा सरसफाइका ब्रुमर थप्नुका साथै ठूलो सार्वजनिक सवारी साधनका लागि १५ करोड विनियोजन गरेको महानगर प्रमुखले योजना सार्वजनिक गरेका हुन् । काठमाडौं महानगरपालिका उपाध्यक्ष हरिप्रभा खड्की तथा विभिन्न सबै वडाका प्रमुख तथा नगरवासीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.