कारोबार झिनो भए पनि सुधारियो नेप्से, गुराँस र मल्टिप्रोपाेजको सर्किट ब्रेक

  २०७६ असार ५ गते १५:१८     विकासन्युज

काठमाडौं । कारोबार रकम खासै उत्साहप्रद नभए पनि बिहीबारको नेपाल स्टक एक्सचेञ्ज परिसूचकले सुधारको दिशा देखाएको छ । साताको अन्तिम कारोबार दिनको कारोबारमा परिसूचक ५.९० ले बढ्दा सेन्सेटिभ इन्डेक्स र फ्लोट इन्डेक्स दुवैमा सुधार देखिएको हो ।

उपसमूहतर्फ पनि फाइनान्स, निर्जीवन बीमा र उत्पादनमूलक क्षेत्रबाहेक अन्य सूचकहरुमा वृद्धि देखिएको छ यद्यपि सबै उपसमूहहरु १ प्रतिशत भन्दा कम विन्दुले नै घटबढ भएका छन् ।

बिहीबारको बजारमा कुल ३७ करोड ५३ लाख रुपैंया बराबरको कारोबार भएको थियो । शिवम् सिमेन्ट कारोबारका आधारमा उत्कृष्ठ कम्पनी बन्दै गर्दा मल्टिप्रोपोज फाइनान्स र गुराँस लाईफ इन्स्योरेन्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.