नेपाल र मलेसियाबीच श्रम साझेदारी कार्यान्वयन गर्ने विषयमा छलफल

  २०७६ असार ५ गते १२:१४     विकासन्युज

काठमाडौं । नेपाल र मलेसिया श्रम साझेदारी कार्यान्वयनमा लैजाने विषय छलफल भएको छ । अन्तर्राष्टिय श्रम सम्मेलनमा सहभागि हुने क्रममा स्विटजरल्याण्डमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दहालले मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनसँग सो विषय छलफल भएको बताएका छन् ।

मंगलबार साँझ भएको भेटका क्रममा दुइ देशबीचको श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो । नेपालको प्रतिनिधी मण्डलमा रहेका मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए । नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीलाई कार्यान्वयनमा लैजान बाँकी रहेका प्रक्रियागत विषयलाई छिट्टै टुंगाउने गरि छलफल केन्द्रित भएका हुन् ।

त्यसका लागि एक महिना भित्रै दुवै देशको संयुक्त प्राविधिक समितीको बैठक बस्ने र छलफलमा दुवै देशले अहिले सम्म गरेका तयारीका बारेमा जानकारी गराएका दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.