सिटिजन लाईफले गर्यो मृत बिमितलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी

  २०७६ असार ५ गते ११:१८     विकासन्युज

काठमाडौ । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले मृत बिमितहरूलाई २ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

इन्स्योरेन्स कम्पनीले स्थापनाकालदेखि हालसम्म ५१ जना मृतक विमितलाई भुक्तानी दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बताए ।

कम्पनीको सम इन्स्योर्ड (हकवालाले पाउने भुक्तानी) रकम भने २ करोड ५९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा देखिन्छ ।

उक्त कम्पनी २०७४ भदौ ७ गते बीमा कम्पनीबाट लाईसेन्स प्राप्त गरेपछि संचालनका आएको हो । कम्पनीले २०७४ साल कात्र्तिक २ गतेबाट बीमा सेवा भने दिन सुरु गरेको हो । उक्त इन्स्योरेन्स हालसम्म कम्पनीले ६२ वटा शाखाबाट बीमा सेवा प्रदान गर्दै आएको छ । उपत्यका सात र उपत्यका बाहिर भने ४४ जना बिमितले मृत्युवरण गरेका थिए ।

मृत्युवरण गर्ने बिमितहरु २० वर्षदेखि ५४ वर्ष उमेर समूहको रहेका छन् । अधिकांश बिमितहरू ३० वर्षकै हाराहारीमा रहेका छन् । मृत बिमितमा महिलाको भन्दा पुरुषको संख्या धेरै रहेको तथ्याङ्कले देखाउँछ । मृत बिमितहरु काठमाडौ उपत्यका बाहिरको मात्र रहेका छन् । ३ नम्बर प्रदेश बीमा चेतनामा अगाडि रहेको अन्य तथ्यले प्रमाणित गर्दै आएको छ । तर, उक्त तथ्याङ्कमा भने मृत बिमित सबैजसो राजधानी बाहिरका देखिएका छन् ।

पछिल्लो समय बीमा कम्पनीहरु राजधानी भित्र भन्दा बाहिर फस्टाउने क्रममा रहेका छन् । पौडेलले भने ‘नयाँ बीमा कम्पनीहरू उपत्यका भित्र नभइ उपत्यका बाहिर पनि बिमितलाई सेवा दिन लागि परेका छन् । हामीले बीमा शहर भन्दा गाउँ केन्द्रीत गर्न जोड दिँदै आएका छौ ।’ कम्पनीको तथ्याङ्कमा उपत्यका बाहिरकै बिमित बढी भएको अवस्थामा बीमा कार्यक्रमा गाउँ–शहर सबैतिर वृद्धी गर्नु पर्ने पक्षमा रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.