कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट !

  २०७६ असार ५ गते ८:३१     विकासन्युज

काठमाडौं । कोपा अमेरिका कपबाट अर्जेन्टिना आउट हुने संघारमा पुगेको छ । कोलम्बीयासँग पराजित भएको अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ ।
सुरुमै एक गोलले पछि परेको अर्जेन्टिनाले मेस्सीको पेनाल्टीबाट बराबरी खेलेको हो । ३७ औं मिनेटमा गोल खान पुगेको अर्जेन्टिनालाई ५७ औं मिनेटमा पाएको पेनाल्टीले हारबाट जोगाएको हो ।

हारबाट जोगिए पनि अर्जेन्टिनाको कोपा अमेरिका कपको यात्रा भने कठिन बनेको छ । ग्रुप बीमा रहेको अर्जेन्टिनाको १ अंक रहेको छ भने पहिलो स्थानमा रहेको कोलम्बीयाको ६ अंक छ । दोश्रो स्थानमा रहेको पाराग्वेको २ अंक छ । अब अर्जेन्टिनाले कतारमाथी स्पष्ट जित निकाले मात्रै अघिल्लो चरण प्रवेशको सम्भवना रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.