१० महिनामा ८ खर्ब २६ अर्ब रेमिट्यान्स भित्रियो, हिमाल महङ्गो

  २०७६ असार ४ गते २०:०७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक रोजगारबाट आठ खर्ब २६ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

यो अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स गएको आवको सोही अवधिकोभन्दा १९.४ प्रतिशत हो । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आवको खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ४.७ प्रतिशत रहेको छ भने हिमाल सबैभन्दा मह्गो भएको छ ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ ।

चालु आवको यस अवधिमा देशको व्यापार घाटा १० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा ११ खर्ब ७८ अर्ब रुपैयाँको वस्तु तथा सेवा नेपाल भित्रिएका छन् भने ७८ अर्ब ५३ करोडको निर्यात भएको छ । यस अवधिमा चालु खाता घाटा विस्तार भएर दुई खर्ब २१ अर्ब पुगेको छ । गत आवको सो अवधिमा यस्तो घाटा एक ९२ अर्ब रहेको थियो । १० महिनाको यो अवधिमा मुलुकको शोधनान्तर स्थिति ६८ अर्ब २० करोड घाटामा रहेको छ । गएको आवको शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.