त्रिविका सहायक डिन ५० हजार घुससहित पक्राउ

  २०७६ असार ४ गते २०:०३     विकासन्युज

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान संकायका सहायक डिन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहायक डिन प्राध्यापक डाक्टर शम्भु प्रसाद पटेललाई ५० हजार घुसहित पक्राउ गरेको हो ।

कलेजको सम्बन्धन नवीकरण गराईदिने भन्दै सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको होे ।
सहायक डिनलाई किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.