२०७६ असार ४ गते २०:०० विकासन्युज
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालय, नक्साल (विशेष व्यूरो)मा कार्यरत पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्रीलाई नक्कली प्रमाण पत्र पेश गरेर जागिर खाएको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले क्षेत्रीले प्रहरी नायव निरीक्षक सरोज क्षेत्री केसीले माध्यमिक शिक्षा परिषद, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राईभेट आइकम पास गरेको नक्कली एवम् झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई प्रहरी नायव निरीक्षक समेतको ओहदामा बढुवा भएको पुष्टि हुन आएको हुँदा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.