ट्रेड युनियनद्वारा प्राधिकरणमा तालाबन्दी

  २०७६ असार ४ गते १९:२३     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । कर्मचारी सरुवाको विषयलाई लिएर राष्ट्रिय कर्मचारी युनियनअन्तर्गतका कर्मचारीले कर्मचारी प्रशासन महाशाखा प्रमुख डोलनाथ कँडेल र कर्मचारी प्रशासन शाखा प्रमुख जमुना खड्काको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

प्राधिकरणले हालै एक हजार पाँच सय ७४ कर्मचारीको सरुवा गरेको छ । त्यही सरुवाको विषयलाई लिएर कर्मचारीहरुले तालाबन्दी गरेका हुन् । युनियनले आफुले सिफारिस गरेअनुसार कर्मचारीको सरुवा नगरेको भन्दै तालाबन्दी गरिएको हो । विगतमा आधिकारिक युनियनको चुनावका बेलामा गरिएको सहमतिअनुसार तीन वर्षभन्दा लामो समयदेखि सरुवा हुन नपाएका कर्मचारीलाई कार्यविधि संशोधन गरी कर्मचारीहरुलाई सरुवा गर्नुपर्नेमा यसका विपरित अपायक हुनेगरी सरुवा गरिएको आन्दोलनरत कर्मचारीको भनाइ छ ।

समस्या समाधानको लागि पाँच सदस्यीय कमिटी गठन गरिएको छ । मंगलबार कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशक शान्तीलक्ष्मी शाक्य र आधिकारिक ट्रेड युनियनका संयोजक रामेश्वर पौडेल सहितको छलफलपछि पाँच सदस्यीय कमिटी गठन गरिएको हो । पछिल्लो समय देखिएको विवाद तीन दिनभित्र सल्टाउने कार्यदेश कमिटीले पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.