होटल हायातका मजदुर काममा फर्किए

  २०७६ असार ४ गते १७:५८     विकासन्युज


काठमाडौ । होटल हायातमा एक हप्तादेखी चलिरहेको आन्दोलन स्थगन गरी मजदुरहरु काममा फर्किएका छन् । मंगलबार साँझ श्रम तथा रोजगार कार्यालय टेकुले आन्दोलनरत पक्ष र व्यवस्थापन दुवै पक्षलाई पत्र काटेर वार्तामा बोलाएको थियो । मजदुर सहमतीमा आएपनि व्यवस्थापकलाई सहमतीमा ल्याउन सकस परेको छ ।

होटल हायातको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले कानुनी प्रक्रियामा अघि बढ्ने बित्तिकै हामीले सहमती जनाएका छौँ, तर मजदुरको कमजोरी देखाउन हायात होटलको व्यवस्थापन पक्ष नियतवस लागीरहेको बताए ।

साथै, कानुनी रुपमा मजदुरहरु अघि बढ्न राजी भएको अवस्थामा होटले गर्ने अटेरमा सरकार जवाफदेही हुनु पर्ने तर्क दिए ।

७४ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको होटल एक सातादेखि बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.