चढ्ने हैन त नयाँहोण्डा डीआइओ डीएलएक्स ? मूल्य २ लाख ३ हजार

  २०७६ असार ४ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता र ज्योति ग्रुपको एक अग्रणी कम्पनी स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले नेपालमा सर्वाधिक बिक्री हुने डीआइओ स्कुटरको नयाँ मोडेल होण्डा डीआइओ डीएलएक्सलाई नेपाली बजारमा भित्र्याएको छ ।

समकालीन शहरी डिजाइनमा आधारित होण्डा डीआइओ डीएलएक्समा आकर्षक र स्टाईलिस लुक रहेको छ, जसले आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि-डिफाइन गर्न सफल भएकोे छ । उत्कृष्ट माइलेज भएको १०९ सिसि ईन्जिनयुक्त यस डीआइओ डीएलएक्समा चालकहरुको सहजताका लागि पूर्ण डिजिटल मिटरका साथै इसीओ स्पिड इण्डिकेटर रहेको छ ।

विभिन्न विशेषताहरुले भरिपूर्ण होण्डा डीआइओ डीएलएक्समा मुख्य आकर्षक विशेषता भनेकोसर्भिस ड्यू इण्डिकेटर रहेको छ, जसले चालकहरु लागि नियमित रुपमा सर्भिसिङ्ग गर्नको लागि स्मरण गराउँछ । मोबाइल चार्जिङ्ग सकेट सहितउपलब्ध यस नयाँ डीआइओ डीएलएक्सको नेपाली मूल्य २ लाख ३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.