गुठी विधेयक खारेजीको माग गर्दै उर्लियो जनसागर (फोटो फिचर)

  २०७६ असार ४ गते १६:५५     विकासन्युज

काठमाडौं । गुठी विधेयक फिर्ता मात्र भई खारेजीको माग गर्दै माइतीघर मण्डलामा विशाल जनसागर उत्रिएका छन् । गुठी विधेयक सरकारले फिर्ताको घोषणा गरेता पनि गुठियारहरुको त्यस विषय प्रति चित्त बुझाएका छैनन् ।

लामो समयदेखि गुठी विधेयकको विषयमा गुठियारहरुले परम्परागत गुठीको संरक्षण एवं संवद्र्धन विपरित विधेयक ल्याएकोमा असन्तुष्टि व्यक्त गर्दै विरोध जनाउँदै आएका थिए । मंगलबार पत्रकार सम्मेलन गर्दै भुमि व्यवस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयकमा भएका केहि त्रुटी सुधार गर्नु पर्ने भन्दै सो विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् ।

सो विधेयक फिर्ता लिएर मात्र नभई खारेज गर्नु पर्ने भन्दै उपत्यकाबासीले काठमाडौंको माइतीघरमा दिनभर वृहत प्रदर्शन गरेका छन् । ४० भन्दा बढी गुठीहरुका गुठीयारहरु तर्फबाट सहभागिता जनाएका थिए । उक्त प्रदर्शनले दिनभर काठमाडौं उपत्यकाको यातायात व्यवस्थामा समस्या भएको थियो ।

हेर्नुहाेस्  फोटो फिचर :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.