सिप्रदी ट्रेडिङ्ग प्रालिले ल्यायो विशेष आर्कषणका साथ मनसुन मेनिया कार्यक्रम

  २०७६ असार ४ गते १६:४७     विकासन्युज

काठमाडौंं । टाटा मोटर्सको आधिकारिक बिक्रेता रहेको सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडले मनसुनको अवसरमा मनसुन मेनिया कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमम ४ गते देखि ८ गते सम्म टाटा मोटर्सको थापाथली स्थित अत्याधुनिक सोरुममा संचालन गर्ने भएको हो ।

उक्त अवसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न र जुनसुकै ब्राण्डका गाडीहरुमा एक्सचेन्जको सुविधा उपलब्ध गराएको छ ।

कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्येक बुकिङ्गमा स्मार्ट फोन, प्रत्येक गाडीको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषणहरु रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.