बीएफआइएन र एपीआरएसीए-सीइएनटीआरएबी बीच समझदारी, ‘वित्तीय क्षेत्रका कर्मचारीको क्षमता अभिबृद्धि गरिने’

  २०७६ असार ४ गते १०:३८     विकासन्युज


काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लि.(बीएफआइएन) र एसिया प्यासिफिक रुरल एण्ड एग्रिकल्चर क्रेडिट एशोसियशन-सेन्टर फर ट्रेनिङ एण्ड रिसर्च इन रुरल बैंकिङ(एपीआरएसीए-सीइएनटीआरएबी) बीच आपसी समझदारीमा मंगलबार फिलिपिन्सको मनिलामा हस्ताक्षर भएको छ ।

नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्ने सम्बन्धमा समझदारी भएको हो । समझदारी पत्रमा बीएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एपीआरएसीए-सीइएनटीआरएबीका प्रबन्ध निर्देशक लेसिरा जुअरेञ्जले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी पत्रमा दुई संस्थाबीचको समन्वयमा विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि संयुक्त रुपमा विशेष गरी लघुवित्त तथा सहकारीका कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका विषयवस्तुहरु समावेश गरिएका छन् ।

वीएफआइएनका प्रबन्ध निर्देशक आत्रेयले उक्त समझदारीले नेपालको लघुवित्त तथा ग्रामीण विकास सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.