मानुषी लघुवित्तको विशेष साधारण सभा असार २० गते, अधिकृत पूँजी ४० करोड पुर्याइने

  २०७६ असार ४ गते ८:५५     विकासन्युज

काठमाडौँ । काभ्रे जिल्लाको बनेपा १३ भैंसेपाटीमा केन्द्रीय कार्यालय भएको मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असार २० गते हुने भएको छ ।

कम्पनीको जेठ २६ गतेको निर्णय अनुसार बनेपा १३ भैंसेपाटीमा बिहान ११ बजे साधारण सभा हुने भएको हो ।

साधारण सभामा संस्थाको अधिकृत पूँजी २० करोडबाट बृद्धि गरी ४० करोड पुर्याउने, तत्काल जारी गर्ने शेयर पूँजी १० करोडबाट २० करोड पुर्याउने, संस्थापकहरुले चुक्ता गर्न कबुल गरेको पूँजी ७ करोडबाट बृद्धि गरी १४ करोड पुर्याउने, हकप्रद शेयर जारी गर्ने र दुई वा दुई भन्दा बढी इजाजत प्राप्त संस्थाहरुबीच एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ती(एक्वीजिशन) जस्ता प्रस्ताव विशेष प्रस्तावका रुपमा पेश गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.