एकैदिनमा कामना सेवाको दुई शाखा विस्तार

  २०७६ असार ३ गते १८:२९     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले एकै दिनमा प्रदेश १ को मधुमल्ला र केराबारीमा शाखा विस्तार गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाका मिक्लाजुङ्ग गाउँपालिका वडा न. ०९, मधुमल्ला र केराबारी गाउँपालिका वडा न. १०, केराबारीमा आफ्नो ९०औंर ९१औशाखा कार्यालय स्थापना गरि कारोबारको सुरुवात गरे । बैंकका संचालक देवकृष्ण काफ्ले र प्रदेश प्रमुख सुजन छराङ राईको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार सुरु गरेका हुन् ।

सोही क्रममा संचालक देवकृष्ण काफ्लेले यी शाखा समेत गरि प्रदेश नं. १ मा ११ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्रपूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवद्र्धनमा पनि गति मिल्ने बैंकले विश्वास रहेको बताए । यस बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्चस्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

बैंकले हाल देशभरि ९१ वटा शाखा कार्यालयहरु तथा ४० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवाप्रदान गर्ने गर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट व्याकिङ्ग, मोबाईल व्याकिङ्ग, सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.