गैरकानुनी रुपमा रजिस्ट्रेसन गराउँदै कृषि तथा वन विज्ञानका निजी कलेज

  २०७६ असार ३ गते १८:०४     विकासन्युज

काठमाडौं । गैर कानुनी रुपमा संचालन हुदै आएका निजी कृषि तथा वन विज्ञान कलेजहरुले नियमविपरित गएर रजिस्ट्रेसनको निमित्त दबाब दिएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट कुनै पनि प्रकारको सम्बन्ध प्राप्त नगरेका ७ वटा निजी कलेजहरुले नियम बिपरित गएर विद्यार्थी भर्ना गराई विश्वविद्यालयलाईलाई रजिस्ट्रेसनको लागि दबाब दिएको हो।

विश्वविद्यालयले बारम्बार सुचना जारी गरी भर्ना प्रकृया तथा कक्षा संचालन नगर्न निर्देशन दिईसकेको भएता पनि निजी विद्यालयले अटेरी गर्दै विश्वविद्यालय भित्रका केही पदाधिकारीसँगको मिलेमतोमा केही कागजात बनाई रजिस्ट्रेसनको लागि गैर कानुनु रुपमा काम अगाडि बढाईरहेको विश्वविद्यालयका प्राध्यापक संगठनहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन्। 

विश्वविद्यालयले उक्त निजी कलेजहरुलाई २०७५ साल असार २० गते अस्थाइ सम्बन्धन दिएको थियो। अस्थाई सम्बन्ध प्राप्त गरेपछी कलेजमा केन्द्रबाट अनुगमन टोली आएर जाँच गरेपछी मात्र सम्बन्धन प्राप्त हुने नियम थियो। त्यसको केही समय नबित्दै साउन १४ गए मन्त्रीपरिशदले उक्त सम्बन्धन खारेज गरिदियो। तर निजी कलेजहरुले विश्वविद्यालयलाई प्रतिबादी बनाएर आफुहरुले सम्बन्ध प्राप्त गर्नुपर्ने भन्दै मुद्दा दायर गरे। मुद्द प्रति फैसला सुनाउदै अदालतले सम्बन्ध प्रकृया अगाडी पनि नबढाउन र खारेज पनि नगर्न आदेश दियो। तर कलेजहरु भने सरासर भर्ना गर्दै अहिले आएर विद्यार्थी देखाउँदै आफुहरुलाई रस्जिस्ट्रेसन दिन दबाब दिएका छन्। 

प्रस्तावित कलेजहरुको सम्बन्धनको प्रकृया टुंगिसके पस्चात पनि विश्वविद्याअयले पुन: अनुगमन गरेर त्यस पछिको स्विकृतिको आधारमा विद्यार्थी भर्नाको लागि अगाडि प्रावधान छ। तर हालसम्म सर्वाच्चमा विचारधिन मुद्दाको अन्तिम फैसला पनि आईनसकेको र विश्वविद्यालयको तर्फबाट समेत कुनै पनि प्रकारको अनुगमन, निरिक्षण नभएको नेपाल प्रगतिशिल प्राध्यापक संगठनका अधयक्ष उदितप्रकाश सिग्देलले बताए।

सर्वाच्च अदालतबाट अन्तिम फैसला नआउँदासम्म विश्वविद्यालय प्रशासन मार्फत हुने गतिविधी अगाडि बढाए आफुहरु आन्दोलनमा उत्रिने सिग्देलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.