कमोडिटिज एक्सचेञ्जबारे बोर्डमाथि प्रश्न: अध्ययन नै नगरी किन लाइसेन्स खोलेको ?

  २०७६ असार ३ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्ययन नै नगरी कमोडिटिज एक्सचेञ्जको लाइसेन्स खुला गरेको र बजार अध्ययनको नाममा फेरि आवेदकहरुको लाइसेन्स रद्द गरिएको भन्दै बोर्डमाथि आलोचना भएको छ । धितोपत्र बोर्डको नीति तथा कार्यक्रममाथि सुझाव दिँदै नेपाल ल क्याम्पसका प्रोफेसर समेत रहेका अधिवक्ता अमृत खरेलले बोर्डले नीतिगत र कार्यगत स्पष्ठता कायम गर्न नसक्दा लाइसेन्सका लागि आवेदन दिएकाहरु फर्कनुपरेको आरोप लगाए ।

‘पहिले कल गरेर किन रिसर्च गरियो, अनि फेरि अयोग्य भए, संख्या बढी भयो भन्दै किन आवेदन रद्द गरियो भन्ने जवाफ धितोपत्र बोर्डले दिनुपर्छ ।’ खरेलले भने । नेपालमा अहिले २ ओटा मात्रै कमोडिटिज एक्सचेञ्जको आवश्यकता छ भनिएको छ, त्यो कस्तो एक्सचेञ्ज हो, यसले हाम्रो गाउँघर र कृषि बजारका सामानहरु पनि बेच्छ कि सुन र चाँदी मात्रै हो भन्ने स्पष्ठ हुनुपर्ने समेत उनको भनाई थियो ।

कार्यक्रममा धितोपत्र बोर्डका सहायक कार्यकारी निर्देशक नवराज अधिकारीले सुरुमा प्रारम्भिक सम्भाव्यताका आधारमा कमोडिटिज एक्सचेञ्जहरुको लाइसेन्स कुला गरे पनि बाह्य विज्ञहरु समेत ल्याएर अध्ययन गर्दा नेपालमा २ ओटा मात्रै कमोडिटिज एक्सचेञ्जको सम्भाव्यता देखेपछि सबै आवेदनलाई रद्द गरेर पुनः आवेदन लिएको बताउँदै अव आवेदन दिनेमध्ये उत्कृष्ठ २ ओटा कम्पनीले कमोडिटिज एक्सचेञ्जको लाइसेन्स पाउने बताए ।

अर्का प्राध्यापक बासुदेव उपाध्यायले पनि अब आउने कमाेडिटिज एक्सचेञ्ले शहरका ठूलाठूला सामानकाे मात्रै नभएर गाउँका ससाना वस्तुहरु समेत आयात हुनुपर्ने भन्दै त्यसका लागि २ वटाकाे संख्या पर्याप्त नहुने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.