७४ लाख ४९ हजार कित्ता सेयर सूचीकृत भएको होटल एक सातादेखि बन्द

  २०७६ असार ३ गते १६:२४     नबिन पाेखरेल

काठमाडौं । ७४ लाख ४९ हजार आठ सय कित्ता सेयर सूचीकृत भएको हायात रिजेन्सी होटल एक सातादेखि बन्द रहेको छ । कार्यरत कर्मचारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएपछि होटल बिहीबारदेखि बन्द भएको हो ।

मंगलबार होटलको प्रतिकित्ता सेयर ३२१ रुपैयाँमा कारोबार भएको छ ।होटलमा कार्यरत कर्मचारीहरूले आफ्नो माग पूरानभएसम्म आन्दोलन कायम रहने बताएका छन् । होटल व्यवस्थापन पक्षले उनीहरूको माग सुनाइ नगरेका कारण यस्तो अवस्था सिर्जना भएको हो । आफूहरू लामो समयदेखि चुप रहँदै आउँदा पनि होटल व्यवस्थापन र मजदुरबीच सहमती जुटन नसकेकाले आन्दोलनको विकल्प नरहेको मजदुर पक्षले तर्क राखेको छ ।

उता होटल पक्षले भने बन्द, हडताल गर्न नहुनेमा जोड दिएको छ ।  साथै, तत्काल मागको सम्बोधन हुने–नहुने कुनै टुङ्गो छैन ।
होटल हायातको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहाल भन्छन्–‘होटल व्यवस्थापन पक्षले हाम्रो मागको सुनुवाइ नगरेसम्म हाम्रो धर्ना जारी रहन्छ, यो धर्ना अनिश्चित कालका लागि हो ।’ दाहालले होटल कर्मचारी सानादेखि ठूला खालका समस्या खेप्दै आएको बताएका छन् । उनले होटलमा काम गर्दा कानुनी रुपमा पाउनुपर्ने पारिश्रमिक देखि अन्य विभिन्न अत्यावश्यक सुविधाहरु समेत कटौती भएकोमा गुनासो व्यक्त गरे ।

कर्मचारीले खाना खाँदा देखि शौचालय प्रयोग गर्ने सामान्य कुरामा समेत हैरानी व्यहोर्नु परेको आन्दोलनरत पक्षको दाबी रहेको छ ।
होटलमा चरम भ्रष्टचार छ । १५ करोड ५ लाख रुपैयाँ श्रमिक आवास कोषको पैसा यस वर्षको एजिएमबाट कटाएको थियो । व्यवस्थापकले सो रकम खाएको आरोप मजदुर पक्षल लगाउँदै आएको छ ।

हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो महिना जनवरीमा मजदुरको बेसिक स्यालरीमा ९ प्रतिशतले वृद्धी हुँदै आएकोमा यसवर्षबाट ५ प्रतिशत मात्र वृद्धी हुने व्यवस्था कायम गरिएको छ । सो कुरा होटलको नजरमा सानो कुरो भएपनि मजदुरहरुले आफूहरूमा यसको असर ठूलो पर्ने बताएका छन् ।

लामो समयसम्म बिरामी पर्दा १ वर्ष सम्म मजदुरले तलवी बिदा पाउँछन् । तर,कर्मचारीले सो सुविधा पाएका छैनन् । साथै, मजदुरले पाउँने ५ लाखसम्मको बीमाको विषय समेत विवादमा परेको जानकारी आन्दोलनरत पक्षले दिएको छ । भाँडा सफा गर्ने शाखाका २ जना कर्मचारीले वर्षको १ पटक तालिम पाउँदै आएका थिए । सो तालिम समेत रोक्का भएको छ ।

बिदामा समेत कटौती

पछिल्लो समय होटल हायातले आफ्ना मजदुरले पाउँदै आएको बिदामा समेत कटौती गरेको छ । घर बिदाका रुपमा ९० दिनसम्म पाइने बिदा ७८ दिनमा झारिएको उनीहरूको आरोप छ । बिरामी संञ्चीत बिदाका रुपमा पहिले ४५ दिन बिदा दिने गरिन्थ्यो । हाल भने सो बिदमा १५ दिन कटौती गरिएको छ । संचित बिदा ३० दिन मात्र पाइने भएको छ । मजदुरहरूले होटल व्यवस्थापकहरू श्रमिक ऐनको विरुद्धमा गएर समेत काम गर्ने गरेको र सो आफूहरुलाई सह्य नभएको बताएका छन् ।

होटलले चाहेमा समस्या समाधान हुने

होटल व्यवस्थापनले चाहेको अवस्थामा सो माग खासै ठूलो नरहेको आन्दोलनरत पक्षले बताएका छन् । हाम्रा माग सबै पुरानै हुन्,’ आन्दोलन पक्षले भन्यो । मागहरू सम्बोधन नहुँदा समस्या परिरहेको मजदुर पक्षको भनाइ छ ।

भारतीय कर्मचारीसँग मजदुरको गुनासो

मजदुरहरुले भारतीय कर्मचारीहरुको काम गर्ने शैलीले समेत असहजता सिर्जना गर्दै आएको आन्दोदनरत पक्षको बताएको छ । उच्च व्यवस्थापकहरुले मजदुरको समस्या नबुझ्ने गरेको बताइएको छ । जेनेरल म्यानेजर, एजुकेटीभ सेफ देखि एजुकेटीभ डाईरेक्टरसम्मलाई दोष दिइएको छ ।

होटलको नाफामा मजदुरको शंका

मजदुरहरुले अन्य बेलामा घाटामा गएको तथ्य सार्वजनिक गर्ने होटलले हाल बन्दा भएको बेलामा ५०/६० लाख रुपैँया नाफा कमाइन्थ्यो भन्नु नसुहाउने कुरा भएको बताएका छन् । साच्चै सोही अनुसार फाईदा हुने हो भने अन्य बेलामा घाटामा गएको प्रचार झुटो हुने सम्भावना धेरै रहेको मजदुर पक्षको दावी छ । साथै, होटलका खर्चका विषयमा सम्बन्धित निकायले छानविन गर्न आवश्यक रहेको बताएको छ ।

यस्तो भन्छ होटल पक्ष 

होटल पक्षले आन्दोलनको उदेश्य व्यवस्थापनलाई गलत प्रभाव र दबाव दिन अघि सारेको बताएको छ । यस्तै, कानुनी हड्ताल र नारा जुलुस गैर कानुनी रहेको हायातका कम्पनी सचिव रमण कुमार कर्णले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.