निरजले अस्विकार गरेपछि आशा राणालाई फेरि निमित्तको जिम्मेवारी, अब को आउला सनराइजमा ?

  २०७६ असार ३ गते १४:२५     विकासन्युज

काठमाडौँ । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले पद भार ग्रहण गर्न अस्विकार गरेपछि सनराइज बैंकले आशा राणालाई फेरी निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । बैंक सञ्चालक समितिको जेठ २२ गते बसेको बैठकबाट निरजकुमार श्रेष्ठलाई प्रमुख कार्यकारी अधिृकत(सिइओ) पदमा नियुक्त गरेको थियो । असार २ गतेदेखि लागु हुने गरी नियुक्त भएका उनले सोमबार नै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको थियो ।

तर, श्रेष्ठले विषेश परिस्थितिका कारण कार्यभार सम्हाल्ने मिति पछि सार्न अनुरोध गरेका थिए । उनले सञ्चालक समितिबाट सर्वसम्मत निर्णय गराउँदा आफुलाई काम गर्न सहज हुने सन्देश पठाएको श्रोतले बतायो । श्रोष्ठले जिम्मेवारी सम्हाल्न आनाकानी गरेपछि बैंकले पुनः राणालाई नै निमित्त सिइओका रुपमा निरन्तरता दिइएको कम्पनी सचिव इश्वरकुमार पाठकले जनाएका छन् ।

कम्पनी सचिव पाठकले मंगलबार नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र लेख्दै राणालाई निमित्तको जिम्मेवारी दिएको जानकारी गराएको हो । बैंकले यस अघि बैशाख ३१ गतेको पत्र मार्फत राणालाई दिइएको अख्तियारी तथा जिम्मेवारी सिइओले बैंकमा हाजिर भई कार्यभार नसम्हाल्दासम्मका लागि निरन्तरता दिइएको जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.