अनुप बहादुर मल्ल नेपाल-जर्मन चेम्बर अफ कमर्शको अध्यक्षमा सर्वसम्मत

  २०७६ असार ३ गते १२:०१     विकासन्युज

काठमाडौं । नेपालको निर्यात व्यापार प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गरेका अनुप वहादुर मल्ल नेपाल-जर्मन चेम्बर अफ कमर्शका अध्यक्षमा सर्वसम्मतले चयन भएका छन् ।

नेपाल-जर्मन चेम्बरमा उनी सहित अन्य ११ जना सदस्यको मनोनयन भएको छ । मल्लले यसअघि नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवद्र्धन समितिका सभापतिमा रहेर कार्यभार सम्हाली सकेेेेका छन् ।

नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्दै आएका मल्लले आफ्नो कार्यकालमा नेपाल जर्मनबीच हुन सक्ने व्यापार व्यवसायको पहिचान गरी यसको वृद्धि र विस्तारमा लाग्ने बताए ।

बुधबार साझ ६ बजे होटल र्याडिशनमा नयाँ कार्यसमिति सदस्यहरूको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । तीन वर्षको कार्यकाल रहने उक्त संस्थामा निवर्तमान अध्यक्ष सहित अन्य चार जना विज्ञ समेत कार्यसमितिमा रहने व्यवस्था छ । नेपाल जर्मन चेम्बरले दुई देशबीच व्यापार, पर्यटन, सेवालगायतका क्षेत्रको व्यापारमा सहजीकरण र प्रर्वद्धन गर्ने काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.