फोरजीको हल्ला बढी सेवा कम, गुणस्तरमा कहिले ध्यान दिने ?

  २०७६ असार ३ गते ११:५४      नबिन पोखरेल


काठमाडौँ । एनसेलले फोरजी सेवा मुलुकभरका हजारभन्दा बढी स्थानमा पुगेको दाबी गरेको छ । तर उक्त सेवाको क्षेत्र भने साँघुरो छ ।
काठमाडौँको रिङ रोडभित्र चल्ने फोरजी सेवा रिङरोड बाहिर चल्दैन । पोखरामा चल्ने भनिएको फोरजी सारङ्कोट चल्दैन । फोरजीको सेवा हजारभन्दा बढी स्थानमा बिस्तार भएपनि सेवा सञ्चालन हुने स्थान साँधुरो रहेको एनसेलका कर्मचारी समेत स्वीकार गर्छन् ।

एनसेलसँग आवद्ध एक कर्मचारीले भने–‘पोखरामा फोरजीको बिस्तार भयो भन्नुको अर्थ हामी पोखरासम्म पुग्न सफल भयौँ भन्ने हो, तर सबै ठाउँमा एकै पटक पुग्न नसकिने भएपनि हामी सारङ्कोट लगायतका ठाउँका लागि प्रयासरत छौँ भन्नेपनि हो ।’ कभरेजको हिसाबमा पोखरा, नुवाकोटमा फोरजी पुग्यो भन्नुको अर्थ कुना कप्चा, डाँडाकाँडा जहाँपनि एकसाथ चल्छ भन्नेपनि होईन–ती अधिकारीको तर्क छ ।

‘अब फोरजी होइन फाइभजी’
थ्रीजीमा चलाइरहेका ग्राहकमा फोरजी आउँदा उत्साह थपिएको पाईन्छ । एनसेलले नेपालको ‘वाईडेस्ट फोरजी नेटवर्क’ भन्ने नारा आफ्नो प्रचारमा प्रयोग गर्दै आएको छ । त्यस्तै, फोरजी सर्वसाधारणले बुझ्न आवश्यक रहेको कुरा समेत जानकारी दिएको छ । नेपाल दूर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने–‘अहिलेको जमानामा सबै खाले एप्लीकेसनको आवश्यकता हुने भएकाले सोही अनुरुप काम गर्न आवश्यक छ, हामीलेपनि आवश्यक पूर्वाधारको विकास गरिरहेका छौँ ।’

अर्यालले हालसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट गरी ३ कम्पनीले फोरजी बिस्तारमा लागेको बताए । उनले आगामी दिनमा फोरजी सबै ठाउँमा र सबैका लागि हुनुपर्नेमा समेत जोड दिए । सेवा बिस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सर्पोट गर्ने मोवाईल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले दु्रतगतिको मोबाईल ब्रोडव्याड सेवाको मजा लिन सक्ने जनाइएको छ ।

फोरजी/एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारितामा सुधार भई उच्च गतिको ईन्टरनेट सेवा उपलब्ध हुन्छ । सोही कारणपनि ग्राहकले आफ्नो मोबाईल डिभाईसमा थप धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल ठूला फाईलहरु आदान–प्रदान गर्न तथा उच्च गुणस्तरका भिडियो हेर्ने सक्छन् ।

२ वर्ष अगाडी २०७४ जेठ १८ गतेदेखि एनसेलले आफ्नो फोरजी सेवा काठमाडौ उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेमा सुरु गरेको हो । फोरजी सञ्चालनमा ल्याएको दुई वर्ष भित्रमा ४४ जिल्लामा सेवा बिस्तार गर्न सफल छ ।

२०७५ पुसको दोस्रो सातासम्ममा देशमा २१ शहरमा पुगेको पाईन्छ । अब सो सेवा विराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र धनकुटा लगायत १ हजारभन्दा बढी स्थानमा उपलब्ध गराएको जनाएको छ ।

पुरानो सिम १ रुपैयाँमा नै फोरजीमा परिवर्तन हुने
ग्राहकले सिम कार्डलाई फोरजीमा परिवर्तन गर्न चाहेमा नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) लिन सक्ने छन् । सो युसिमको लागि मात्र १ रुपैयाँ शुल्क लाग्ने छ ।

युसिम लिन चाहने ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गर्नु अनिवार्य मानिएको छ । यसरी पुरानो सिम परिवर्तन गर्दा ग्राहकको मोवाईल नम्बरमा भने कुनै परिवर्तन हुँदैन । साथै, युसिम परिवर्तन गरेबापत ग्राहकले १ जिबीडाटा समेत पाउँछन् । सो डाटा ७ दिनको लागि मान्य हुन्छ । उक्त डाटा बिहानी ५ बजेबाट साँझ ५ बजेसम्म चलाउन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.