इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडर नेपालमा, किन्नेलाई थाइल्याण्ड भ्रमण

  २०७६ असार २ गते १९:२६     विकासन्युज

काठमाडौं । नेपालस्थित भारतीय इस्कर्टस कम्पनीको एक्सट्रीम व्याकहो लोडरको आधिकारिक बिक्रेता द हबी अटो ट्रेडिङ प्रालिले व्याकहो लोडर नेपाली बजारमा भित्र्याएको छ ।

कम्पनीले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त उपकरण सार्वजनिक गरेको हो ।

टिकाउ, गुणस्तरीय र इन्धनमैत्री अन्तर्राष्ट्रिय स्तरको यो व्याकहो लोडर निर्माण क्षेत्रका लागि एकदमै उपयोगी रहेको कम्पनीका प्रवन्ध निर्देशक उमेश नारायण मानन्धरले बताए ।

व्याकहो लोडरमा इस्कर्ट ई ४.३६८ टि सी आई इन्जिन, ९० एचपी इनलाइन पम्प जडान गरिएको छ । जसको तौल ८४०० केजी रहेको छ । करारो ट्रान्समिसन र टेण्डम गियर पम्प भएको यो मेशिनको लोडर डम्पिङ हाइट ३ मीटर र पे लोड १९८० केजी रहेकोे छ । यो मेशिनले ४.८ मिटर गहिराइसम्म खन्न सक्छ । न्यून इन्धन खपत गर्ने यस मेशिन सडक, जलविद्युत आयोजना, खानी उत्खनन, कृषि लगायत पूर्वाधार निर्माणमा एक्सट्रीम व्याकहो लोडरले महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीको दाबी छ ।

विगत २२ वर्षदेखि ट्रयाक्टर लगायतका कृषि उपकरणको कारोबार गर्दै आएको द हवी अटो ट्रेडिङ नेपालस्थित आइसर ट्रयाक्टरको आधिकारिक विक्रेता समेत रहेको छ । साथै कम्पनीले २ वर्षदेखि चिनियाँ सनरा ब्राण्डको इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएको छ । एक्सट्रीम व्याकहो लोडर खरिदमा ८० प्रतिशतसम्म फाइनान्सको सुविधा, नेपाल अधिराज्य भर सेल्स, सर्भिस र पार्टस शाखा कार्यालयहरूबाट प्रदान गर्नेे कम्पनीका प्रवन्ध निर्देशक मानन्धरले जानकारी दिए । साथै बिक्रीको सुरुवातसँगै कम्पनीले प्रत्येक एक्सट्रीम व्याकहो लोडर खरिदमा एकजनालाई थाइल्याण्ड भ्रमणको स्कीम समेत सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.