हुण्डाई मनसुन योजना सार्वजनिक, स्क्राच कार्ड मार्फत १ लाख रुपैयाँसम्म नगद छुट

  २०७६ असार २ गते १९:१८     विकासन्युज


काठमाडौँ । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले स्क्राच कार्ड मार्फत रु १ लाखसम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिनेछ ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसिङ्ग तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.