ज्योति लाईफ र ईसेवाबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

  २०७६ असार २ गते १९:११     विकासन्युज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरेका हुन् ।

आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै इन्स्योरेन्स् प्रदान हुने सेवालाई प्रविधि मैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको हो ।

आफ्नो कार्य व्यस्तताको कारण नविकरण गर्न कम्पनीको काउन्टरमा गई नविकरण गर्ने झन्झटबाट मुक्तभई सम्पूर्ण वीमितहरुको समयको बचत, सहज भुक्तानी रप्रविधिको उच्चतम प्रयोगबाट कुनै अतिरिक्त शुल्कविना लाभलिन सकिने छ ।
सम्झौतासँगै ज्योति लाईफबाट जारी गरिएका सबै बीमालेखहरुको नविकरण शुल्कभुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट गर्न सक्नेछन् । सम्झौता संगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षण पश्चात छिटो सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्ने छन् । मुलुकभर इसेवाका ५० हजार बढि जोन पोइन्ट रहेका छन् ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्कलगायतका २५सय भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.