७ सय व्यवसायिक फर्महरु राजश्वको छानविनमा, ५६ विरुद्ध एक महिनाभित्रै मुद्दा

  २०७६ असार २ गते १६:५९     विकासन्युज

काठमाडौं । राजश्व अनुसन्धान विभागले ७ सय भन्दा बढी व्यवसायीक फर्महरुमाथी सुक्ष्म अनुसन्धान अघि बढाएको छ । अर्कै कम्पनीको नक्कली बिल बुझाएर राजश्व छलेको आधारहरु फेलापरेपछि विभागले अध्ययन अघि बढाएको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले ८० वटा फर्महरुबाट नक्कली बिल लिएर ७ सय भन्दा बढी फर्म तथा कम्पनीहरुले कर छलिरहेको फेला परेपछि अनुसन्धान अघि बढाएको बताए ।

विभागले एक महिनाभित्रै त्यस्ता ५६ वटा भन्दा बढी फर्महरुमाथीको अनुसन्धान सम्पन्न गरेर मुद्धा दायर गर्ने तयारी भैरहेको जानकारी पनि दिए । ‘५६ वटा फर्महरु माथीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, यसै महिना मुद्धा दायर गर्छाै’, महानिर्देशक मैनालीले भने ।

फर्महरुले नक्कली बिल प्रयोग गरेर साढे ७ अर्ब भन्दा बढी राजश्व छलेको प्रारम्भिक निष्कर्र्ष विभागले निकालेको छ । विभागले पछिल्लो पटक गरेको अध्ययनका क्रममा ८ वटा फर्मले ३ अर्बको नक्कली विल जारी गरेको तथ्य उजागर भएको पनि बताए । ती फर्महरुले नक्कली विल प्रयोग गरेर भ्याट, आयकर, अन्तशुल्क र कतिपय अवस्थामा भन्सार समेत छलि गरेको पनि विभाग फेला पारेको छ ।

विभागले जेठ मसान्त भित्र १८ अर्ब ३२ करोड विगो दावीसहित अदालतहरुमा मुद्धा दायर गरेको छ । विभागले ८१ वटा कसुरमा २३८ जना विरुद्ध मुद्धा हालेको हो ।
सो अवधीमा ६६ किलो ४ सय ग्राम सुन समेत बरामद पनि गरेको छ । त्यस्तै, विदेशी मुद्रा अपचलन तथा हुण्डी कारोबारको आरोपमा १०४ जना विरुघ ४ अर्ब ११ करोड रुपैंयाँ बराबरको विगो दावीसहित मुद्धा दायर पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.