बाेर्डमा विवाद भएपछि निरज श्रेष्ठले शपथ लिएनन्, सञ्चालक समितिमा सहमतिको प्रतिक्षा

  २०७६ असार २ गते १५:५४     विकासन्युज

काठमाडौं । सनराइज बैंकका नबनियुक्त प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठले आज हुने भनिएको शपथ लिएनन् । आफ्नो व्यक्तिगत व्यस्तताको कारण देखाउँदै उनले केही दिन पछि मात्रै कार्यभार सम्हाल्ने जानकारी बोर्डलाई दिएपछि आजको शपथ रोकिएको बैंक स्रोतले जनाएको छ ।

तर सञ्चालक समितिमा रहेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिसँग सम्बन्धित विवाद समाधान होस् भन्ने उद्देश्यले उनले केही दिन जिम्मेवारी नलिएको बताइएको छ । यसअघि आजदेखि लागु हुनेगरी उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय गरिएकाे अध्यक्ष माेतिलाल दुगडले नियुक्तिलगत्तै जानकारी दिएका थिए ।

श्रेष्ठको नियुक्तिमा सञ्चालक समितिमा रहेका ७ जनामध्ये ५ जनाको मात्रै सहमति थियो । एकजना सञ्चालक अनुपस्थित थिए भने एकजनाले उक्त निर्णयका सम्बन्धमा नोट अफ डिसेन्ट लेखेका थिए । जेठ २२ गते बसेकाे बाेर्ड बैठकले बहुमतका आधारमा श्रेष्ठलाइ सीईओमा नियुक्त गरेकाे थियाे ।


सम्बन्धित समाचारहरू

सनराइज बैंकमा प्रमुख कार्यकारी नियुक्ती राेक्न माग गर्दै बैंक सञ्चालकद्वारा राष्ट्र बैंकमा निवेदन

नयाँ सीईओ नियुक्तीसँगै सनराइज बैंकमा खटपट, निरज श्रेष्ठलाई पहिलाे गाँसमै ढुंगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.