सनराइज बैंकमा प्रमुख कार्यकारी नियुक्ती राेक्न माग गर्दै बैंक सञ्चालकद्वारा राष्ट्र बैंकमा निवेदन

  २०७६ असार २ गते १२:३०     विकासन्युज

काठमाडौं । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत निरज श्रेष्ठको नियुक्ती रोक्न माग गर्दैैै नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता भएको छ । जेठ २२ गते सञ्चालक समितिले बहुमतका आधारमा श्रेष्ठलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको माइन्यूटमा असहमति लेखेका सञ्चालक शैलेन्द्र गुरागाईले राष्ट्र बैंकमा पनि अहमति पत्र दर्ता गराएका छन् ।

प्रमुख संस्थापक सेयरधनीहरु मध्ये सबैभन्दा बढी सेयरको प्रतिनिधित्व गर्ने सञ्चालक र सर्बसाधारण शेयरधनीको तर्फबाट करिव ८० प्रतिशत प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई गुमराहमा राखी, त्यस्ता सञ्चालकको अनुपस्थितिमा हतार हतार निर्णय गरेको कार्यप्रति असहमति प्रकट गर्दै सञ्चालक गुरागाईले बैंकको साख समेत गिर्ने गरी भएको यस्तो कार्यमा नियामक निकायको गम्भिर ध्यानाकर्षण गराउँदै यस्तो कार्य रोक्न तथा रोकी पाउन राष्ट्र बैंकसमक्ष माग गरेका छन् ।

सीईओको नियुक्ती वहुमतले गरेको देखिएकोले त्यसमा कानुनी विवाद नरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । तर बैंक जस्तो संवेदनशील संस्थामा यसरी विवाद हुदाँ बैंकलाई नकारात्मक असर पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.