तिलावे पुलमा पनि पप्पुको बदमासी, एक हप्ते अल्टिमेटम

  २०७६ असार १ गते १७:०७     विकासन्युज

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बागमति पुलमा लापरपवाही गरेपछि कारवाहीका लागि सिफारिस भएको एक हप्ता अपुग्दै पप्पुको अर्काे बदमासी सार्वजनिक भएको छ । निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय समेत गुज्रिसक्दा पनि पप्पुले पर्सा जिल्लाको तिलावे पुललाई अझै अलपत्र पारिरहेको छ ।

आइतबार संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले तिलावे पुलको स्थलगत अवलोकन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको टोलीले स्थलगत अध्ययन गरेको थियो ।

पप्पुले पुल निर्माणमा चरम लापरवाही गरेको स्पष्ट देखिएको सभापति खड्काले बताइन् । प्रमुख जिल्ला अधिकारी भट्टराईले एक हप्ताभित्र पुलको पाइल्स निर्माण गरि अस्थायी आवत जावतको व्यवस्था नगरे कारवाही गर्ने चेतावनी दिए ।

सभापति खड्काको टोलीले रौतहट जिल्लाको सन्तपुर पिपरा गौर सडक अन्तर्गत चेतनगर सडकमा कमसल कालोपत्रे गरिएको गुनासो आएपछि अनुगमन गरेको थियो । अनुगमनका क्रममा कालोपत्र गरिएको सडक कमजोर देखिएकाले तत्काल प्राविधिक परिक्षण गरि दोषी उपर कारवाही गर्न पनि सभापति खड्काले हुलाकी सडक आयोजनालाई निर्देशन दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.