भारत र पाकिस्तानको बहुप्रतिक्षित म्याच, टिकटकै १ लाख भारु पर्ने खेल कसले जित्ला ?

  २०७६ असार १ गते १३:३८     विकासन्युज

काठमाडौं । भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित क्रिकेट म्याच केही समयपछि सुरु हुँदैछ । आईसीसी वल्र्डकप क्रिकेटअन्तर्गत आइतबार नेपाली समयअनुसार ३ः१५ बजे संयुक्त अधिराज्यको लन्डनस्थित म्यान्चेस्टर रंगशालामा त्यस्तो खेल हुन लागेको हो ।

पछिल्लो समय भारत र पाकिस्तानबीच चिसिँदै गएको सम्बन्धका कारण क्रिकेटमा समेत पाकिस्तानलाई एक्ल्याउने भारतीय प्रयास असफल भएसँगै भारतीय टीम आफैं पाकिस्तानसँग खेल्न लागेको हो ।

हालसम्म पाकिस्तानले विश्वकपमा भारतसँग कुनै पनि खेल जितेको छैन । तर भारत र पाकिस्तानबीच यसअघि भएका १३२ राष्ट्रिय खेलमा भने पाकिस्तानले ७४ पटक भारतलाई पछारेको छ । आजको खेलमा भारतीय टिमका चर्चित खेलाडी शेखर धवन मैदानमा उत्रने छैनन् ।

भारत र पाकिस्तानका नागरिकहरु नागरिक स्तरमै एक अर्काप्रति असहिष्णु छन् । त्यसैले पनि दुवै देशका दर्शकहरुले आफ्नो टीमले जित्नैपर्ने मनोविज्ञानमा हुनेछन् । सम्पूर्ण दर्शकको मनोविज्ञानकै प्रतिविम्ब खेलाडीहरुमा पनि देखिन्छ ।

वर्षाका कारण खेल रद्द भएन भने भारतसँग विश्वकपमै जीतको पहिलो अनुभव गर्ने कि फेरि हार व्यहोर्ने भन्ने निर्णय आजको खेलले गर्नेछ । ६० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा टिकट बिक्रीका क्रममा २ मिनेटमै सबै टिकट सकिएको थियो । टिकट खरिदका लागि १ लाख भारुसम्म तिर्न दर्शकहरु तयार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.