कोपा अमेरिका कपमा नेइमार बिनै ब्राजिलको सानदार जीत, काउटिन्होको २ गोल

  २०७६ जेठ ३२ गते १३:४४     विकासन्युज

काठमाडौं । कोपा अमेरिका कप फुटबल प्रतियोगीतामा ब्राजिलले शानदार जीत हासिल गरेको छ । स्टार खेलाडी नेइमार बिनै खेलेको ब्राजिलले बोलिभिया विरुद्ध ३ गोलको जित निकालेको हो ।

पहिलो हाफ बराबरी खेलेको ब्राजिलले दोश्रो हाफको सुरुमै ब्राजिलले पेनाल्टी पायो र काउटिन्होले त्यसलाई सहजै गोलमा परिणत गरे । ५३ औं मिनेटमा काउटिन्होले अर्काे गोल गर्दै ब्राजिललाई २ गोलको अग्रता दिलाए ।

खेलको ८४ औं मिनेटमा इभर्टन सोअर्सले गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे । कोपा अमेरिका कप शनिबारदेखि ब्राजिलमा सुरु भएको हो । ७५ प्रतिशत बल पोजिसन लिएको ब्राजिलले गोल गर्न भने दोश्रो हाफ कुर्नु परेको थियो ।

लगातार खराब प्रदर्शन गरिरहेको ब्राजिल लामो समयदेखि उपाधी बिहिन बन्दै आईरहेको छ । घरेलु मैदानमा आयोजीत कोपा अमेरिका कप जितेर ब्राजिलले खराब दिनहरुको अन्त्य गर्ने अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.