नेपाल बंगलादेश बैंकबाट सन नेपालको बीमा सेवा पाइने

  २०७६ जेठ ३१ गते १६:२६     विकासन्युज


काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र सन नेपाल लाईफ ईन्स्योरेन्स कं. लि. बीचमा शुक्रबार बीमा सुविधा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख बजार व्यवस्थापक राजु केसीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि बैंकका ग्राहकहरुले ९० वटै शाखाहरुबाट जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी र दावी भुक्तानी लगायत बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.