एनसेलले ल्यायो आकर्षक योजना, फोरजीमा अब डबल डेटा

  २०७६ जेठ ३१ गते १२:१२     विकासन्युज

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् ।

बिहीबारदेखि लागु भएको उक्त अफरले देशको १,००० भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार भएको घोषणा गरेको छ । दुई साता भित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फोरजी डेटा बोनसको योजना ल्याएको हो ।

 

यो योजना अन्तर्गत सात दिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा कर सहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् भने ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् ।

त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् भने ५०० एमबी प्याक कर सहित रु ९५ं.७७ मा सुचारु गरीे ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् ।

योजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ ।

देशका १,००० भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको उक्त योजनामा एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक एसएमएसबाट सुचारु गर्न सक्नेछन् । सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरी १७१२३ मा एसएमएस पठाउने र तीस दिनको प्याक सुचारु गर्न ३५५ टाइप गरी १७१२३ मा एसएमएस पठाउन सक्नेछन् ।

यसरी, ग्राहकहरुलाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याएको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.