सार्वजनिक यातायातको भाडा बढ्यो, अब प्रति ४ किमि १६ रुपैयाँ

  २०७६ जेठ ३० गते १७:२६     विकासन्युज


काठमाडौं । असार १ गतेदेखि सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । १२ प्रतिशतसम्म भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले बताए । सूचना अधिकारी खनालका अनुसार प्राविधिक समितिको सिफारिसमा यात्रु बोक्ने र मालसामान बोक्ने दुबै यातायातका साधनको भाडा बृद्धि गर्ने निर्णय भएको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गर्ने निर्णय भएको हो । महानिर्देशक दाहालका अनुसार अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ, यसअघि १४ रुपैयाँ तिर्नु पथ्र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.