भुवन चैत्य वसुन्धरा फाउण्डेशनद्धारा चलचित्रकर्मी कल्याणकारी कोषलाई सहयोग

  २०७६ जेठ ३० गते १७:१०     विकासन्युज

काठमाडौं । चलचित्रकर्मी कल्याणकारी कोषलाई भुवन चैत्य वसुन्धरा फाउण्डेशनले सहयोग प्रदान गरेको छ । पहिलो वार्षिकोत्सवको अवसरमा चलचित्र क्षेत्रमा लागेका व्यक्तिहरुको हकहितका एवंम सेवा सुविधाका लागि भनि १ लाख ५३ हजार सो फाउण्डेशनले कोषमा जम्मा गरेको फाउण्डेशनको अध्यक्ष बसुन्धरा भुसालले बताईन् ।

उनले यसपालिको पुरस्कार कुनै व्यक्तिलाई प्रदान नगरि कोषमा जम्मा गर्ने उद्देश्य सहित प्रदान गरिएको फाउण्डेशनको अध्यक्ष भुसालले जनकारी दिईन । फाउण्डेशनको कार्यकारी समितिमा अध्यक्ष बसुन्धरा भुसाल, उपाध्यक्ष भुवन थापा चन्द्र, चैत्यदेवी सिंह, सचिव मोहन निरौला, सहसचिव चेतनारायण भुसाल, कोषाध्यक्ष माइकल डी चन्द्र ठकुरी, सदस्य प्रेम बम्जन, अञ्जु रञ्जितकार, राजुप्रसाद धिमाल तथा संरक्षकमा शैलेश भुसाल, शिला चन्द्र र सृजना पाठक रहेका छन् ।
चलचित्र विकास बोर्डको हलमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि यादव खरेल र विशेष अतिथिमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टाराई रहेका थिए भने अतिथिमा चेतन कार्की, मिरा शाह, निकिता पौडेल, मदनकृष्ण श्रेष्ठको उपस्थिति रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.