बुटवलमा १४ औँ सामसङ्ग डिजिटल प्लाजा आरम्भ

  २०७६ जेठ ३० गते १६:४७     विकासन्युज

काठमाडौँ । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रालिको सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा बिहीबारदेखि आरम्भ भएको छ । सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टिभि, मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।

बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो-रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले भने, ‘हामी विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’

उनीहरुले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो-रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.