सर्वनाम कप एस इइ बास्केटबल टुर्नामेन्ट सुरु, ६० टिमको सहभागिता

  २०७६ जेठ ३० गते १५:४१     विकासन्युज

काठमाडौं । सर्वनाम कलेजको आयोजनामा ‘सर्वनाम कप एस इ इ बास्केटबल टुर्नामेन्ट २०७६ सुरु भएको छ । जोरपाटी स्थित आफ्नै विद्यालयको प्राङणमा सुरु भएको टुर्नामेन्टमा थ्री बाइ थ्री अन्तर्गत ६० टिमको सहभागिता रहेको छ । टुर्नामेन्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सर्वनाम कलेजका प्राचार्य दुर्गानाथ सिवाकोटीले खेल स्वास्थको लागि खेलाडी राष्ट्रकोको लागि भन्ने राष्ट्रिय नारालाई आत्मासाथ गर्दै खेलको आयोजना गरिएको बताए ।


उनले भने ‘आजका बालबालिका नै भोलीको राष्ट्र निमार्णको आधार हुन आज खेल खेल्ने वातावरण निर्माण गरेर भोलिका लागि राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य राखेको छौ साथै कलेजका विद्यार्थीहरुलाइ लक्षित गरेर आगमी दिनमा यस्ता थुप्रै खेलकुद कार्यक्रमको आयोजना गर्ने छौं।’ उनले सर्वनाम कप एस इ इ बास्केटबलको आगामी सस्करण थप परिस्कृत, परिमार्जित गर्न र खेलाडीहरुको स्तर माथी उकास्न लागि पर्ने बताए ।

प्रमुख अतिथि राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री (मेट्रो) को प्रमुख अतिथ्यतामा भएको उद्घाटन समारोहमा विभिन्न स्कुलका प्रीन्सिपल,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । उक्त टुर्नामेन्ट्को फाइनल गेम ३१ गते समापन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.