गुराँस लाइफको सवा ३ लाख कित्ता सेयर लिलामीमा, न्युनतम मूल्य १०० रूपैयाँ

  २०७६ जेठ ३० गते ९:०१     विकासन्युज

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख २२ हजार ५ सय ७६ कित्ता बिक्रीमा राखिएकाे छ ।

त्यसमा संस्थापक सेयर २ लाख ४० हजार ५ सय ७१ कित्ता र साधारण सेयर ८२ हजार ५ कित्ता छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ न्युनतम  मूल्य राखि बढाबढ मूल्यमा बिक्री गर्न लागेकाे हाे ।

उक्त सेयर लिनकाे लागि असार ५ गतेदेखि १२ गतेसम्म लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नयाँ बानेश्वर काठमाडौँ र लक्ष्मी बैंकका विभिन्न शाखा कार्यालयहरुमा बोलपत्र आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म हकप्रद सेयर बिक्री खुला  गरेकाेमा माग नभएकाे सेयर बढाबढ मूल्यमा बिक्री गर्न लागेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.