एनआइसी एसियामा ८६ जनालाई जागिर खुल्याे, डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्म अबसर

  २०७६ जेठ २९ गते ८:४३     विकासन्युज

काठमाडौँ । एनआइसी एसिया बैंकमा ८६ जनालाई जागिरको अवसर खुलेको छ । बैंकले डेपुटी म्यानेजरदेखि सिनियर असिस्टेण्टसम्मका कर्मचारीको लागि आवदेन माग गरेको हो ।

डेपुटी म्यानेजर १ जना, असिस्टेन्ट म्यानेजर १ जना, सिनियर अफिसर १ जना, चिफ अफ सब प्रोभेन्सिय अफिस(सिनियर अफिसर) १४ जना, ह्यूमन रिसोर्स अफिसर १ जना, रिलेसनसिप म्यानेजर(जुनियर अफिसर ५० जना), ह्यूमन रिसोर्स(जुनियर अफिसर) ५ जना, इन्टरनल अडिट(जुनियर अफिसर) ५ जना, बिजनेश प्रोसेस( जुनियर अफिसर) ५ जना, कन्जुमर केयर म्यानेजर १ जना र कन्जुमर केयर सुपरभाइजर २ जना गरी ८६ जना कर्मचारी माग भएको हो ।

माग भएका पदमा योग्यता पुगेका इच्छुक व्यक्तिले जुन २६ तारिख(असार ११ गते) सम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजरका लागि ५ वर्षको बैंकिङ अनुभव भएका, म्यानेजमेन्टमा स्नातकोत्तर उत्तीर्ण र २५ देखि ५० वर्ष भित्रका व्यक्तिले आवेदन दिन सक्नेछन् । त्यसैगरी, सिनियर असिस्टेन्ट, सुपरभाइजर, सिनियर अफिसर, जुनियर अफिसर पदमा म्यानेजमेन्टमा स्नातक उत्तीर्ण, ५ वर्षको बैंकिङ अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.