बीमा समितिका ४ निर्देशकलाई नयाँ जिम्मेवारी, कसले के पाए ?

  २०७६ जेठ २८ गते १९:४७     विकासन्युज

काठमाडौं । बीमा समितिका चार जना निर्देशकहरुले नयाँ जिम्मेवारी पाएका छन् । बीमा समितिमा चार जना निर्देशक रहने व्यवस्था छ । बीमा समितिमा लामो समयदेखि दरबन्दी अनुसार निर्देशक पदपुर्ति हुन सकेको थिएन् । कार्यकारी निर्देशक पद रिक्त भएको करिब ६ बर्षपछि राजुरमण पौडेलले जिम्मेवारी पाएका छन ।

त्यस अघि ४ वटा निर्देशक दरबन्दीमा पौडेल र कमलराज रेग्मी मात्रै कार्यरत थिए । समितिले पछिल्लो पटक जेठ २३ गते दिनेशकुमार लाललाई प्रतिष्पर्धाद्धारा निर्देशक पदमा बढुवा गरेपछि दरबन्दी अनुसार ४ जना निर्देशकको पदपुर्ति भएको हो । अब बीमा समितिमा कमलराज रेग्मी, सुशिल सुवेदी, पुजन अधिकारी र दिनेश कुमार लाल गरि ४ जना निर्देशक भएका छन् ।

उनीहरुलाई समितिले जिम्मेवारी समेत तोकिदिएको छ । निर्देशक कमलराज रेग्मीलाई अनुसन्धान, विकास तथा बीमालेख महाशाखाको नेतृत्व दिईएको छ । अर्का निर्देशक सुवेदीले सुपरिवेक्षण, कृषि तथा लघु बीमा तथा पुनर्बीमा शाखाको जिम्मेवारी पाएका छन् ।

त्यस्तै, दिनेश कुमार लाललाई कानुन महाशाखा प्रमुख बनाईएको छ । पुजन अधिकारीले भने नियमन तथा मानव संसाधन महाशाखाको नेतृत्व पाएकी छिन् । बीमा समितिले पछिल्लो पटक दरबन्दी अनुसार धमाधम कर्मचारी भर्ना गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.