नेपाल र लेवनानबीच श्रम सम्झौता, मरिसससँग पनि हुँदै

  २०७६ जेठ २८ गते १९:०६     विकासन्युज

काठमाडौं । नेपाल र लेवनानबीच श्रम सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र लेवनानका श्रम मन्त्री मोहम्मद क्यामिल अवुसेलेमनबीच श्रम सम्झौता भएको हो ।

मन्त्री विष्ट अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहमा सहभागी हुन हाल स्विटजरल्याण्डको जेनेभा रहेका छन् । मन्त्री विष्टले साउदी अरब र लेवनानका समकक्षीसँग छलफल गरेका थिए ।

यसैबीच नेपाली समय अनुसार साँझ ७ः४५ बजे मरिसससँग श्रम सम्झौता हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.