“मारुनी”को गीत ‘जाम न माया जाम’ सार्वजनिक, चलचित्र भाद्र १३ गते प्रदर्शन हुने

  २०७६ जेठ २८ गते १८:०३     विकासन्युज

काठमाडौं । पुनम इन्टरटेन्टमेन्ट प्रा.लि ले निर्माण गरेको चलचित्र “मारुनी” को गीत ‘जाम न माया जाम’ सार्वजनिक भएको छ ।

दीपक बज्राचार्यको स्वर तथा संगीत रहेको उक्त गीतको शब्द रिक्की शाक्यले गरेका थिए । भाद्र १३ गते रिलिज हुने सो चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख अभिनय रहेको छ ।

‘जाम न माया जाम’ को म्युजिक भिडियो बुढासुब्बा डिजिटलबाट मंगलबार रिलिज भएको हो । गीतको डिओपीमा सन्जय लामा छन्, त्यस्तै कोरियोग्राफी प्रविन सिहंले गरेका हुन् ।

भिडियो हेर्न क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.