आर सिरिजका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने ओपोको घोषणा, यस्तो छ नयाँ योजना ?

  २०७६ जेठ २७ गते १४:४९     विकासन्युज


काठमाडौं । ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भर्खरै रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ । रेनो र रेनो १०एक्स जुमका लागि चलिरहेको चर्चाकाबीच उपभोक्तालाई विलाशी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्र मार्फत, उपभोक्ता माझ आफ्नो सेवा पु¥याउने सोचका साथ कम्पनी परिवर्तन उन्मुख भएको हो ।

ओपोका उपाध्यक्ष शेन यिरेनका अनुसार रेनो जस्ता प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक बिक्रि हुन सफल मोडल भएतापनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको हो । ओपोको ‘क्लासिक हलमाकर्’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ । यसैको नतिजाका रुपमा ओपोको नयाँ रेनो १०एक्स जुमलाई लिन सकिन्छ । यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १०एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका छन् ।

ओपो रेनो सिरिजको ५जी–रेडी भर्जनपनि सार्वजनिक गर्ने ओपोको योजना छ । रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४-ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी र्याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तीब्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध छ ।

ओपो रेनो १०एक्स जुम इडिसनमा ६.६५ ईञ्च फुल–एचडी+ एमोलेड डिस्प्ले जडान गरिएको छ भने ओक्टा–कोर क्वालकम स्न्यापड्रागन ८५५ प्रोशेसरले शक्ति प्रदान गर्छ । प्रयोगकर्ताका सेल्फीलाई थप क्रिस्प र शार्प बनाउन यस स्मार्टफोनमा एफ र १.७ एपर्चर सहितको ४८ एमपी सोनी आईएमएक्स ५८६ सेन्सरको प्रयोग गरिएको छ । कम्पनीको यस फ्ल्यागशिप ह्याण्डसेटमा पेरिस्कोप टेलिफोटो लेन्स सहितको १३ एमपी सेकेण्डरी सेन्सर र ८ एमपी सुपर वाइड एंगल सेन्सर जडान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.