बीमा संस्थानद्धारा राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजनाबारे छलफल

  २०७६ जेठ २७ गते १३:११     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानद्वारा राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना सम्बन्धमा सरोकारवालहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा संचालन कार्यविधि अनुसार नागरिक लगानी कोषबाट जारी गर्दै आएको नेपाल सरकारका राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा योजना आगामी दिनमा राष्ट्रिय बीमा संस्थानबाट जारी तथा कार्यान्वयन गर्नको लागि आयोजना गरिएको थियो ।

उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमका सरोकारवालाहरुमा निजामती किताबखानाको प्रतिनिधी, नेपाली सेनाको प्रतिनिधी, नेपाल प्रहरी प्रतिनिधी नागरिक लगानी कोषको कर्मचारी र अर्थमन्त्रालयको प्रतिनिधीको सहभागिता रहेको थियो।

त्यसैगरी, बीमा संस्थानका नायब  महाप्रबन्धक महेश रिमालले स्वागतका साथै उक्त कार्यक्रमको उद्धेश्य माथि स्पष्ट पारेका थिए । आयोजक राष्ट्रिय बीमा संस्थान र सरोकारवालाहरु बीच अण्डरराइटिङ्ग, दावी, बीमा शुल्क जम्मा गर्ने लगायत अन्य बीमा सञ्चालन सम्बन्धी विविध विषयमा रहेर छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो।

उक्त कार्यक्रममा बीमा संस्थानको तर्फबाट अण्डरराइटिङ्ग विभागको सह व्यवस्थापक विन्दु शर्माले बीमा अण्डरराइटिङ्ग सम्बन्धी स्पष्ट पारेका थिए भने दावी सम्बन्धी दावी विभागका सह व्यवस्थापक शिशिर देवकोटाले स्पष्ट पारेका थिए ।

त्यस्तै, नागरिक लगानी कोषको तर्फबाट व्यवस्थापक गोपाल घिमिरेले बीमा शुल्क जम्मा गर्दा आईपर्ने समस्या सम्बन्धी  कुरा राखेका थिए । छलफल तथा अन्तरक्रिया कार्यक्रममा सरोकारवालाबाट आएको जिज्ञासालाई आयोजकको तर्फबाट संस्थानका प्रशासक कविप्रसाद पाठकले सम्बोधन गर्नुका साथै उक्त कार्यक्रमको सञ्‍चालन संस्थानको बजार व्यवस्थापन विभागका व्यवस्थापक अवि केशर ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.