नाडा अटो शो भदौ १० देखि १५ गतेसम्म हुने, सोमबारदेखि स्टल बुकिङ खुला

  २०७६ जेठ २६ गते १२:०२     विकासन्युज


काठमाडौँ । नाडा अटोमोवाईल्स एशोसिएशनको आयोजननामा यसवर्षको नाडा अटो शो भदौ १० गतेदेखि १५ गतेसम्म हुने भएको छ ।

नाडाले प्रत्येक वर्ष अटो शो गर्दै आएको छ । यसवर्षपनि भृकुटी मण्डपमा अटो शो गरिने नाडाले जनाएको छ । शोमा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ ।

उक्त शो मा स्टल राख्न इच्छुक कम्पनीहरुले यही जेठ २७ गतेदेखि ३० गतेसम्म स्टल बुकिङ खुला गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.