रविन्द्र खड्का कलाकार संघको अध्यक्षमा निर्वाचित , अभिनेत्री उप्रेती उपाध्यक्षमा

  २०७६ जेठ २६ गते ७:१८     विकासन्युज

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का निर्वाचित भएका छन् । तीन वर्षका लागि हुने कार्यकालका लागि खड्काले उनको प्रतिस्पर्धी सरिता लामिछानेलाई ५७ मत पछि पर्दै जीत हासिल गरेका हुन् ।

उपाध्यक्ष पदमा अभिनेत्री रेजिना उप्रेतीले प्रतिस्पर्धी मनोज के.सी, सानुकुमार ताम्राकार, विनोदकुमार भट्टाराईलाई पछि पार्दै २४३ मत ल्याउँदै उच्च स्थान हासिल गरेकी हुन् ।

त्यस्तै सानुकुमार ताम्राकारले १७५ मत ल्याएर उपाध्यक्ष पदमा विजय भएका छन् । ३८७ जना कलाकारले मतदान गरेका थिए ।

कलाकार संघको महासचिव पदमा संजय खतिवडालाई ३१ मतले पछि पर्दै चेतबहादुर सिंहले पद हासिल गरेका हुन् । त्यस्तै सचिव पदमा पनाह अधिकारीले २५ मतले कविता गेलाल (शर्मा)लाई पछि पार्दै मनोनित भएका हुन् ।

कोषाध्यक्ष पदमा सुनिल कटुवाल निर्विरोध चयन भइरहेको छन् । संघको सह कोषाध्यक्ष पदमा पवित्रा आचार्यले धनबहादुर वम्जन(डि.वि)लाई ८७ मतले पछाडी पार्दै आचार्य विजय भएकी हुन् । त्यस्तै १० जना निर्वाचित सदस्यमा शितल केसीले सर्वाधिक मत ल्याएका छन् । अन्य ९ सदस्य तर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडाले  मनोनित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.