नेप्से परिसूचक लगातार ओरालो, ४.६९ अंकले घट्दा कारोबार ५८ करोडमात्रै

  २०७६ जेठ २३ गते १५:४९     विकासन्युज


काठमाडौ । नेप्से परिसूचक लगातार ओरालो लाग्ने क्रममा जारी छ । साताको अन्तिम दिन बिहीबारपनि नेप्से परिसूचक घट्ने क्रमले नै निरन्तरता पायो । आज नेप्से परिसूचक ४.६९ अंकले घटेको हो । ०.३६ प्रतिशतले घट्दा परिसूचक १२८४.५९ बिन्दुमा पुगेको हो ।

बिहीबार सेयर बजारमा १७२ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ५९ हजार २ सय ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ८८ लाख २२ हजार ६सय २५ रुपैयाँको कारोबार भएको छ ।

होटल समूह ३.६३, विकास बंैक समूह ३.४६, वित्त समूह १८.५५  र अन्य समूह १.५४ अंकले बढेका छन् । बाँकी समूह घटेका छन् । बैंक समूह ५.६२, ट्रेडिङ समूह ५.१५, जलविद्युत समूह ३.९७, निर्जीवन बीमा समूह ११.३१, उत्पादनमूलक समूह १४, माईक्रोफाईनान्स समूह ५.०६ र जीवन बीमा समूह ८५.२ अंकले घटेका हुन् ।

बजार घटेको दिन कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडका लगानीकर्ताले ९.६५ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.