वातावरण जोगाउने नाममा विकास रोकियोः उपाध्याय

  २०७६ जेठ २३ गते ८:१९     भीम प्रसाद उपाध्याय

काठमाडौं । कुनै पनि वृहद भौतिक संरचना निर्माण गर्दा जंगल नासिन्छ नै । निजगढ अन्तरराष्ट्रिय विमानस्थल बनाउदा पनि रूख काटिने नै हुन्छ, यो के अचम्म भयो र१ यति लाख उति लाख रूख काटिदै छ भनेर हल्ला चिच्याहट चलिरहेको पनि देखिन्छ । तर खास कुरा के भने कति हेक्टर जंगल काटिदै छ र पुनः वृक्षारोपण गरेर जंगलको क्षेत्रफल घटाईने कसरी गरिदै छ पो भन्नुपर्छ । रूख गनेर काम छैन, चाह्यो भने रूख त करोड वटा १ महिनामै रोप्न सकिन्छ । यस्ता लाख करोड रूख भन्ने आंकडा पस्कदा लेम्यानलाई नकारात्मक र दिग्भ्रमित पार्ने ध्येयले प्रचारमा ल्याईएको छ । रूख संख्या अंकको कुनै सिंग्निफिकेन्स नै छैन, दिग्भ्रमित पार्न बाहेक ।

रूख बुट्यान यति लाख उती करोड भनेर, गनेर मतलब छैन । भन्न के पर्छ भने यति क्षेत्रफल जंगल नासिन्छ र ईआईए गरेर पुनः रूख यति समय भित्र रोपेर पूर्ति गरिनेछ भन्नु मुख्य हो । रूख मान्छे हैन नि काट्नै नहुने ? एयरपोर्ट आकाशमा हैन जमिनमा बनाईन्छ र जमिनमा निर्माण गर्दा केही नासिन्छ र त्यसलाई पूर्ति गर्न वृक्षारोपण गरिन्छ । नकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्नेहरू विकास विरोधी मात्र हैन, नेपाल हितविपरित दिमाग खियाउने रोगीहरूका बगाल कहलिन्छन् ।

रूख जंगलको संरक्षण गर्नुपर्छ, मतलब यसलाई विवेकपूर्ण उपयोग गर्दै पुनस्र्थापित गर्दै रहनुपर्छ, यो छुनै नहुने स्रोत हैन । नेपाली नेता र प्रशासकलाई भ्रम छ, पर्यावरण भनेको रूख विरूवा मात्र हो । त्यसैले वातावरण मन्त्रालयलाई भकुण्डो बनाईने गरिएको छ, कहिले कहॉ कोचेर कहिले कहॉ फालेर । यसको संस्थागत संस्कृति , विज्ञता , संगठन पद्दति सबैमाथि बारम्बार बलात्कार हुदै आएको छ ।

त्यस्तै , विज्ञान र प्रविधि भनेको मोबाईल र ईन्टरनेट मात्र हो भन्ने बुझाई नेपाली शासक वर्गमा छ । त्यसैले विज्ञान र प्रविधि मन्त्रालयले न दह्रो मन्त्री पायो वा न दिईयो र न त्यसले सही मान्यता वा स्थान पायो । कहिले कताको पुच्छर , कहिले रौं , कहिले नंग जस्तो कुनै अर्को बेप्रसंग छेउपुच्छर नमिल्ने मन्त्रालयको छिँडिमा यो कोचिन पुग्छ ।

मुलुकको प्राविधिक वैज्ञानिक क्षमताको जगेर्नामा यस्ता प्राविधिक निकायप्रति हुदै गरेका काम कार्यवाही लज्जास्पद छ। अहिले वातावरण मन्त्रालय वनको छिँडीमा र विज्ञान प्रविधि मन्त्रालय शिक्षा मन्त्रालयको भर्यांग मुनि ठाउँसम्म पाएछ, अहिलेको ‘समृद्ध नेपाल सुखी नेपाली’ नाराको राजमा । हामी त निर्लज्ज हौं नै लाज नलाग्ला, तर तिब्र विकसित विज्ञान प्रविधि र यसले वातावरणसंग हातेमाले गरेर हिड्नुपर्ने युगमा पनि दुनियॉले नेपालीको यस्तो मति देख्दा खित्का छाडेर हासिरहेका हुन्छन् है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.